विनय श्रेष्ठ, बेनी म्याग्दी
म्याग्दीमा युवाकाे आकर्णकाे केन्द्र म्याग्दी जेसीजले क्षेत्रीय सम्मेलनबाट महत्त्वपूर्ण उपलब्धिहरु हासिल गरकाे छ ।गाेर्खा जेसीजकाे आतिथ्यता यहि भाद्र २ र ४ गते गाेर्खामा सम्पन्न नेपाल जेसीजकाे क्षेत्र ‘ख’ सम्मेलनमा म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री “Most Active President Award ” बाट सम्मानित भएका छन् । क्षेत्र “अन्तर्गत ३७ वटा शाखा रहेका छन् ।
त्यस्तै “Act for Impact” विषयक वक्तृत्वकला प्रतियोगितामा पनि म्याग्दी प्रथम हुन सफल भएकाे छ । म्याग्दी जेसीजबाट सहभागी शाखा सम्पादक जेसी दिनेश कुमार विश्वकर्माले चार मिनेट बीस सेकेन्डमा आफ्नो भनाइ राख्दै प्रतिष्पर्धीहरुलाई पछि पारेका थिए । पुरस्कृत अध्यक्ष र सम्पादकलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी, कार्यकारिणी उपाध्यक्ष तथा सम्मेलन सभापति सुनिल तिमिल्सिना, उपाध्यक्ष रश्मि बस्नेत लगायतले पुरस्कार तथा अवार्ड प्रदान गरेका थिए ।
यसै सम्मेलनबाट आगामी वर्षको क्षेत्रीय सम्मेलन म्याग्दीमा गर्ने सर्वसम्मत निर्णय समेत भएकाे छ । म्याग्दी जेसीजका उपलब्धिहरुले युवाहरु जेसीज संस्थामा संलग्न र सक्रिय हुने अवसर समेत जुरेकाे छ । सम्मेलनले धार्मिक र पर्यटकीय स्थलकाे प्रचारप्रसार हुने साथै सदस्यहरुमा क्षमता विकास हुने भएकोले नेपाल जेसीज, मातृशाखा बागलुङ, भातृशाखा पर्वत, सम्पूर्ण अध्यक्षहरुलाई आभार व्यक्त गर्दै क्षेत्रीय सम्मेलन सफल बनाउन म्याग्दी जेसीजले जिल्लाबासीलाई अनुरोध गरेकाे छ ।

Leave a Reply