अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीमा राष्ट्रिय खेल खेलाउन प्रदेश मन्त्री समक्ष माग

On: August 21, 2022 7:44 PM
Follow Us:

म्याग्दी जिल्ला भलिबल संघले गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) लाई म्याग्दीलाई राष्ट्रिय भलिबल खेलका लागि छनौट गर्न माग गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित फुटबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्न आएका मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गदैं संघका अध्यक्ष तेजेन्द्र बानियाँले म्याग्दीमा भलिबल प्रतियोगिताका लागि आवश्यक पूर्वाधार रहेकाले अवसर दिन अनुरोध गरेका थिए ।

‘हामीले गण्डकी प्रदेश सरकारकै इज्जत रहने गरी खेलको ब्यवस्थापन गछौं,‘यो अवसरका लागि पटकपटक अनुरोध समेत गरेका छौ’ अध्यक्ष बानियाँले मन्त्री गुरुङलाई आग्रह गदैं भने ।

आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगीता म्याग्दीमा संचालन गर्ने जिल्लामा म्याग्दीलाई समावेश गरेमा म्याग्दीले मन्त्री गुरुङलाई सधै सम्झिने उनले बताए ।

म्याग्दी जिल्ला भलिबल खेलको उर्वरभूमि भएको र भलिबल खेल यहाँका युवाहरुमाझ अति नै लोकप्रिय रहेको छ । म्याग्दीबाट हाल राष्ट्रिय टोलीको महिला क्याप्टेनको नेतृत्वमा अन्तराष्टिय पदक समेत जितेको सम्मानमा जिल्लालाई छनौट गर्न संघका पदाधिकारील ेअनुरोध गरेका थिए ।

भेटको अवसरमा मन्त्री गुरुङले म्याग्दीमा राष्ट्रिय खेल संचालनका लागि सम्वन्धीत निकायसंग समन्वय गरीस् वातावरण गराउने र यसका लागि आफ्नो तर्फबाट पुरा सहयोग हुने प्रतिवद्धता जनाएका थिए ।

साथै मन्त्री गुरुङले नवौँ खेलमा म्याग्दीबाट पनि १ जनालाई भोलेन्टियर प्रशिक्षकको मौका दिने आश्वासन समेत दिनुभएको संघका महासचिव कुमार किसानले बताए । खेल संचालनका लागि आवश्यक आधारहरु जिल्लामा तयार रहेकोले व्यवस्थापनका कार्यहरु पनि उत्कृष्ट गराउने गरि प्रस्ताव गरिएको थियो ।

हालै मात्र स्थापना भएको कार्यालयमा फर्निचर स्टेश्नरी लगायतका आवश्यक सामग्रीहरु संघकै पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त सहयोगले जुटाइएको पनि भलिबल संघले जानकारी गराएको थियो ।कार्यक्रममा संघका उपाध्यक्ष राजकुमार भण्डारी, कोषाध्यक्ष विष्णु रोका, कार्यसमितिका सदस्य तथा भलिबल खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।