पछिल्लो एक महिना यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले धमाधम विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका गाँजा नष्ट अभियानलाई तिब्रता दिएको छ । गाँजाले गाउँदेखि सहरसम्मका कलिला यूवाहरु समेत कुलतमा फसेको भन्दै जिल्ला प्रहरी कार्यालयमार्फत जिल्लाभरका सबै प्रहरी यूनिटलाई गाँजा फडानीको निर्देशनसँगै समुदायसँग मिलेर खेतबारी, बनजंगलमा प्रहरीको टोली गाँजाको बोट फँडानी अभियानलाई तिब्रता दिएको छ ।

समुदाय–प्रहरी साझेदारी’कार्यक्रम अन्तरगत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार पातिहाल्ना भन्ने स्थानमा करिक एक रोपनी क्षेत्रफलमा पैmलिएको ६० गाँजाको बोटबिरुवा फडाँनी गरिएको शिखघारा प्रहरी चौकीका प्रहरी हवल्डार मिलन क्षेत्रीले बताए । प्रहरीलाई स्थानीयले समेत साथ दिएको उनले बताए । ग्रामिण क्षेत्रमा लागु औषधको प्रयोगकर्ता ह्वात्तै बढेको अवस्थामा आर्थिक आम्दानीको रुपमा बजारमा ल्याएर समेत बिक्री गर्ने गरेको भन्दै समुदायले समेत नष्ट गर्न अनुरोध गरेका थिए।

समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । म्याग्दीमा ब्यवसायीक खेतीभन्दा प्राकृतिक रुपमा उम्रिएको धेरै रहेको छ । सामाजिक सञ्जालमा प्रहरीको यो अभियानमा भने जनस्तरबाट चर्को आलोचना हुने गरेको छ ।

Leave a Reply