नेपाली कांग्रेसका लोकप्रिय नेता प्रदीप गिरीको निधनमा नेपाली कांग्रेस म्याग्दीले आइतबार पार्टी कार्यालयमा शोकसभा गरेको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको निधनले कांग्रेसलाई अपुरणीय क्षती पुगेको बताएका थिए। शोकसभामा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले स्वर्गीय गिरीको दर्शन, विचार सदैव अमर रहने बताए।

सोही अवसरमा पूर्व सभापति रेशमबहादुर बानियाँले राजनीतिक मूल्य–मान्यतामा सबैभन्दा अगाडी स्वर्गीय गिरीको बिचार र सिद्धान्तलाई पार्टीले प्रयोग गर्नुपर्ने बताए । उनले समाजवादी चिन्तन स्वर्गीय गिरीका दर्शनहरु सधै साथमा रहेको बताए ।

शोकसभामा उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी, प्रदेश क सभापति ओम छन्त्याल लगायत जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । सहभागीले स्वर्गीय गिरिको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

कांग्रेस म्याग्दीले आइतार तय गरेको बेनी नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला स्थगित गरी शोकसभाको आयोजना गरेको जिल्ला सचिव हिरा पुनले बताए। अब पालिका तथा वडास्तरमा १३ दिने पुन्य तिथिभित्र हुने े कार्यक्रममा शोकसभासँगै अन्य पार्टीका गतिविधि गर्ने जनाइएको छ । ने

ता गिरिको उपचारका क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेर फर्किएपछि नेपालकै अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply