अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

तीज भड्किलो बनाए म्याग्दी प्रशासनले कारवाही गर्ने

On: August 22, 2022 10:31 PM
Follow Us:
---Advertisement---

हिन्दु नारीहरुको मुख्य चाडको रुपमा मानिने तीजलाई अनावश्यक भड्किलो तडकभडक र खर्चिलो हुने कार्यक्रम गरे कानुनी कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

आफ्नो परम्परा, सामाजिक मुल्यमान्यता र रितिरिवाजलाई निरन्तरतता दिने खालका कार्यक्रम बाहेक अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रजिअ चिरञ्जीवि रानाले जारी गरेको सूचनामा सुसंस्कार कायम गर्न जिल्लाका सरोकारवाला निकायलाई समेत सहयोगको अपेक्षा गरिएको छ।