खिमराज चालिसे, चंडिगढ / भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–४, नुवाकोटका २६ वर्षीय रेशम विक, उनकी श्रीमती २४ वर्षीय पूजा र तीन वर्षीया छोरी शिवाङ मृत भेटिएका हुन् ।

सोमवार बन्द कोठामा तीनै जना मृत फेला परेका र कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ । पुजा यही १२ अगस्त २०२२ का दिन मात्रैनेपालबाट छोरीलाई लिएर चंडिगढ आएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानमा श्रीमतीप्रति शंकाको आधारमा रेशमले श्रीमती र छोरीको गला दबाएर हत्या गरेपछि आफू पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको आशंका छ ।

अहिले तीनै जनाको शवलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ । थप पुलिस अनुसन्धान चलिरहेको छिमेकी किसनले बताएका छन् ।

चंडिगढबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले श्रीमतीको अवैध सम्बधको आशंकाले छोरी र श्रीमतीको हत्या गरी रेशमले आत्महत्या गरेको बताएका छन्।

यस्तै, लकडाउनमा नोकरी गएका कारण हैरान भएका उनी श्रीमती बिरामी भएका कारण थप तनावमा पुगेर यस्तो कदम उठाएको ‘चंडिगढ’ ले जनाएको छ ।

मृतक रेशम गलकोट नगरपालिका–४ निवासी खिम बहादुर विकका छोरा हुन् ।Source: Mulkura.com

Leave a Reply