म्याग्दीमा नेपाल बन्दमा बजार बन्द गराउँदै हिँडेको अवस्थामा पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेतालाई प्रहरीले मंगलबार साझ रिहा गरेको छ । मंगलबार बिहान बेनीबजारका विभिन्न स्थानमा प्रर्दशनको क्रममा नेकपाका जिल्ला सचिव फिल्टर र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य गोमालाई प्रहरीले रिहा गरेको जिल्ला सेक्रेटरी उशाले बताउनुभयो ।

‘बन्द पूर्णरुपमा सफल भएको छ’ सेक्रेटरी उशाले भन्नुभयो । प्रहरीले नियन्त्रणमा लिएका नेताहरुलाई स्वागत गर्न सेक्रेटरी उशा सहितको नेताहरु प्रहरी कार्यालयमा पुगेका थिए । आफूहरुको बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै बन्दलाई असफल बनाउन खोज्नेहरु असफल भएको नेकपाले जनाएको छ। नेकपाले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो । सो पार्टीले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइ गर्नुपर्ने, राजनीतिक समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने लगायत माग राखेको छ ।

Leave a Reply