आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लक्षित नेपाली कांग्रेस म्याग्दीको पालिकास्तरीय भेला सकिएको छ । जिल्लाको रघुगंगा गाउँपालिकाबाट सुरु भएको पालिकास्तरीय अगुवा कार्यकता भेला धवलागिरी गाउँपालिकामा पुगेर समापन गरिएको हो ।

भेलामा संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतका विषयमा केन्द्रित भएको नेपाली कांग्रेसका पूर्व सभापति रेशमबहादुर बानियाँले बताए । ‘अगुवा कार्यकर्ता भेलाले उत्साह थपिएको छ,‘अब थप योजना सहित जनतामाझ जान्छौ’ बानियाँले भने ।

अगुवा कार्यकर्ता भेलामा स्थानीय तह निर्वाचनको सवल र कमजोर पक्षका बारेमा समेत समिक्षा भएको थियो भने हरेक वडाबाट सहभागी प्रतिनिधिहरुले आफ्नो वडामा गरिने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

पालिकास्तरीय भेलामा जिल्ला सभापति खमबहादुर गर्बुजा, उपभापतिद्धय हरिकुमार श्रेष्ठ,केबी भण्डारी, पूर्वपदाधिकारी लगायतले सम्बोधन गरेका थिए । पालिकास्तरीय भेलाकै क्रममा नेपाली कांग्रेसका लोकप्रिय नेता प्रदीप गिरीको निधन भएपछि शोकसभा समेत गरिएको थियो । यसबिच केन्द्रिय अभियान अन्तरगत भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिने कांग्रेसले जनाएको छ ।

 

 

Leave a Reply