म्याग्दीको मंगला गाउँपालिका वडा नं २ सिमलचौरमा गम्भीर घाईते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।सिमलचौरबाट मिठौला हुदै डडुवा जाने सडकमा सवारीसाधनले किचेको अवस्थामा भेटिएका ४२ बर्षिय गणेशबहादुर खत्रीको मृत्यु भएको हो ।

सोमबार राति सडकखण्डबाट उद्धार गरिएका खत्रीलाई चिकित्सकले मृत घोषित गरेका थिए।‘सवारीसाधनले ठक्कर दिएको जस्तो देखिन्छ,‘शरीरमा चोट देखिएकाले थप अनुसन्धान भइरहेको छ’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भने । मृतकको शरीरमा सवारीसाधनले किचेर अगाडी बढेको देखिएकाले उक्त समय आसपासमा रुटमा आवतजावत गरेका सवारीसाधनलाई निगरानीमा राखिएको उनले बताए ।

घटना आसपासको समयमा सिमलचौर आउँदै र सिमलचौरबाट जाँदै गरेका सवारीसाधनको पहिचानको क्रममा प्रहरीले एक बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाटोमा हिँडिरहेका अवस्थामा गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना प्राकृतिक रुपमा नभएकाले प्रहरीले कर्तब्य ज्यान मुद्धामा अनुसन्धान अगाडी बढाउने जनाएको छ ।

 

Leave a Reply