म्याग्दीको बेनी नगरपालिका वडा नं २ हाँडेभिर नजिकै माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । बेनी–बागलुङ सडकखण्ड अन्तरगत रक कटिङ गरी सडक चौडा गरिएको स्थानमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परी रघुगंगा गाउँपालिका वडा नं ४ दर्जिमा घर भएकी याममायाँ पाईजा र तालमायाँ पुनलाई घाईते भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।उनका अनुसार घाईतेको टाउको र शरीरमा चोट लागेको छ ।

घाईते याममायाँको टाउकोमा चोट लागेकोको उपचारमा संलग्न चिकित्सकको भनाई छ। सुख्खा पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा पदैलयात्री र सवारीसाधनमा आवतजावत गर्न अत्यन्त जोखिम भएकाले तत्काल जोखिम न्यूनिकरणका लागि यात्रुले समेत माग गरेका छन् । दैनिकजसो सुख्खा पहिरो खस्ने गरेको छ । रक कटिङ गरिएको माथिल्लो क्षेत्र चर्किएको छ भने बर्षालगत्तै नियमित जस्तै पहिरो खस्ने गरेको छ।

Leave a Reply