तपाई एसईईमा न्यून अंक ल्याएर ११ कक्षा पढ्न नपाइन सक्छ भन्ने सूचनाले चिन्तित हुनुहुन्छ ? कुन विषय पढ्ने पाइने भन्ने अझै अलमलमा हुनुहुन्छ भने हातमै रोजगारी पाईने प्राविधिक शिक्षा रोज्नुहोस् ।

एसईईमा न्यून अंक ल्याएर मानसिक तनावमा रहेका विद्यार्थीलाई खुसीको खवर सहित पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषयमा अध्ययन गर्न पाउने अवसर सहित भर्ना अभियान सञ्चालन गरेको छ ।

डी प्सल (१ दशमलव ६) ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ल्याउने विद्यार्थीले डिप्लोमा कृषि (बाली विज्ञान ) डिप्लोमा कृषि (पशु विज्ञान ) र प्रि डिप्लोमा कृषि (बाली विज्ञान ) पढ्न पाउने विद्यालयले जनाएको छ ।

प्राविधिक धारतर्फका शिक्षालयका संयोजक करन कँडेलले सम्रगमा १.६ जिपिए ल्याएका विद्यार्थीले अध्ययन गर्न पाउने बताए । ‘हामीले यहाँबाट अनुभव सहित हातमै रोजगारी दिने गरी शिक्षा दिन्छौ,जिपिएले नभई विद्यार्थीलाई सीप सहितको आत्मनिर्भर बनाउँछौ’ कँडेलले भने । उनले न्यून जिपिए सहित शिक्षालयमा आएका विद्यार्थीले कोर्ष सकेपछि जागिरमा अवसर पाएका प्रसस्तै उदाहरण भएको बताए ।

विसं २०६८ मा जिल्लामा नै पहिलो पटक सञ्चालन भएको किसानी कृषि प्रप्राविधिक शिक्षालयले ११ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमासमेत उल्लेख्य सफलता प्राप्त गरेको छ । कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ ।

सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएकाले पनि विद्यार्थीको शिक्षा सहित अनुभवले रोजगारीमा सहज भएको छ।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्ष अघि (विसं २०७४ सालदेखि) तीनवर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ । शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गबहादुर गर्वुजाले रोजगारीको ग्यारेन्टीका लागि विद्यार्थीले प्राविधिक धार रोज्दा सहज हुने बताए । उनले हालसम्म सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् ।

Leave a Reply