म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमा अबिरल बर्षासँगै आएको बाढीले अन्नबालीमा ब्यापक क्षती पुगेको छ। बर्षाले ढारेस्वारामा लगाइएको सुन्तला,मकै,आलु,कोदो लगायतका नगदेबालीमा क्षती पुगेको हो । आलुको पकेट क्षेत्र समेत रहेको उक्त क्षेत्रमा अबिरल बर्षासँगै आएको बाढीले सखाप पारेको वडा सदस्य श्याम पूर्जाले बताए ।

‘खेतीपातीमा क्षती पुगेको छ,‘क्षतीको विवरण संकलन भइरहेको छ,‘किसानलाई उचित राहतका लागि समेत पहल गरेका छौ’ वडा सदस्य पूर्जाले भने । खेतबारीमा लगाएको आलु सहितका अन्य खेतीबाट आम्दानी गर्ने योजनामा रहेका कृषक निराश भएका छन् । अन्नबाली क्षतिको मूल्यांकन भइरहेकाले क्षतिका आधारमा किसानलाई क्षतिपूर्ति दिन समेत गाउँपालिकालाई स्थानीयले माग गरेका छन् ।

Leave a Reply