१२ दिनदेखि बेपत्ता एक विद्यार्थीको खोजी कार्य तीव्र बनाइए पनि भेटिएकी छैनन् । म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा कक्षा १० मा अध्ययनरत १६ बर्षिया कुसुम पाईजाको म्याग्दीका साथै छिमेकी जिल्लाहरुमा अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म भेटाउन नसकिएको विद्यालयका प्रअ दिपक श्रेष्ठले बताए ।

गएको साउन २७ गते राती ८ बजेदेखि क्याम्पसचोकमा रहेको आफ्नै कोठाबाट बेपत्ता विद्यार्थीको खोजीमा अभिाभवक सहित सम्पूर्ण शक्ती प्रयोग गरेपनि हालसम्म कुनै प्रगति नभएको प्रअ श्रेष्ठको भनाई छ।‘सम्भावित सबै क्षेत्रमा खोजीएको छ,‘परिवारका सदस्यहरु दैनिक खोजीमा हुनुहुन्छ’ प्रअ श्रेष्ठले भने। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडा सिबीरीकी पाईजा उक्त दिन कोठाबाट निस्किएपछि सम्र्पकमा नआएपछि प्रहरीलाई जानकारी गराइएको थियो । बेपत्ता कुसुम पाईजाको खोजीमा जुटेका आफन्त तस्बिर सौजन्य दिपक श्रेष्ठ

‘केही समस्या थिएन, एक्कासी सम्पर्कविहिन हुदाँ फर्किएर आउनेमा आशाबादी छौ,‘दिनरात खोजीमै छौ’ परिवारका एक सदस्यले भने । बेपत्ता पाईजासँगै अध्ययनरत विद्यार्थी समेत सहकर्मीको खोजीमा जुटेका छन् । म्याग्दी प्रहरीले बेपत्ता पाईजाको तस्वीर सहित हुलिया जिल्ला भित्र र विभिन्न जिल्लामा रहेको प्रहरी यूनिटमा खवर गरिएको जनाएको छ ।

Leave a Reply