म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ फलियागाउँस्थित धनजनता माविका विद्यार्थीले ‘सृजना र साहित्य’ नामक मासिक भित्ते पत्रिका प्रकाशन सुरू गरेका छन्। प्रतिभाहरूको पहिचान तथा विद्यार्थीहरूमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि आकर्षण बढ्ने गरी भित्रे पत्रिका प्रकाशन सुरु भएको हो ।

बिहिबारदेखि सुरु भएको भित्रे पत्रिकाले विद्यार्थीलाई रचनात्मक बनाउन थप सहयोगी भूमिका खेल्ने विद्यालयका प्रधानध्यापक एवम् भित्रे पत्रिकाका संरक्षक पूर्णबहादुर भण्डारीले बताए । भित्ते पत्रिकामा विद्यार्थीहरुको लेख ,रचना , कविता ,कथा, गजल ,निबन्ध, जिवनी, कार्टुन, समसामयिक ज्ञान, चित्र साथै मासिक हाजिरजवाफ का लागि प्रश्नहरु समेत समावेश गरिने छ ।

हाजिरजवाफको प्रश्नहरुका साथै, साहित्य रचना, चित्र तथा कार्टुन तर्फको हरेक विधामा मासिक रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिने शिक्षक एवम् सम्पादक मण्डल दिवाकर शर्मा पराजुलीले जानकारी दिए ।

भित्रे पत्रिकाको सम्पादनमण्डलमा पराजुली सहित होसियार सिंह विश्वकर्मा र व्यवस्थापक मान बहादुर राना मगर रहेका छन् । पत्रकारीताको क्षेत्रलाई भित्ते पत्रिका मार्फत भविस्यमा तालिम सहितका अन्य गतिविधिहरु समेत सञ्चालन गरिने जनाइएको छ । भित्रेपत्रिकाले विद्यार्थीलाई रचनात्मक बनाउन सघाउने गरेको छ ।

Leave a Reply