म्याग्दीको बेनी नगरपालिका वडा नं २ हाँडेभिरको उकालोमा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खस्दा बेनी–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो करिब चार बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्ड अन्तरगत रक कटिङ गरी सडक चौडा गरिएको स्थानमा ठूलो पहिरो खसेपछि सडकसँगै रहेको विद्युतको लाइनमा समेत क्षती पुगेको छ ।

सडक माथि चर्किएको अवस्थामा रहेको ढिस्को खसेपछि अवरुद्ध भएको सडक शुक्रबार पन्छाउन नसकिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बेनीअनलाइनलाई बताउनुभयो ।‘अझै खस्ने क्रम रोकिएको छैन,‘तत्काल उक्त सडकमार्गको अवरुद्ध पन्छाउन सकिने अवस्था छैन’ प्रजिअ रानाले भन्नुभयो ।

सिधा सडक शनिबार दिउँसोसम्म सम्भव नभएकाले बेनी– मालढुंगा तथा पहिरोस्थल नजिकै रहेका अन्य सवारीसाधनको प्रयोग गरी गन्तब्यमा जान सर्वसाधारणलाईअ आग्रह गरिएको छ । ‘तत्काल मानवीय जोखिम त ट¥यो। तर पूर्णरुपमा जोखिम टरिसकेको छैन’ प्रजिअ रानाले भन्नुभयो ।

सडकखण्ड आसपासबाट पैदलयात्रा समेत जोखिम रहेकाले बताइएको छ ।पदैलमार्गमा समेत माथिबाट ढुंगा उछिटिएर आउन सक्ने भएकाले खवरा आसपासमा आवतजावत उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ । सुख्खा पहिरो गएको स्थान नजिकै चर्किए चर्किएको अवस्थामा रहेको ढिस्को खस्ने जोखिम रहेको छ ।

बुधबार सोही स्थानमा खसेको सुख्खा पहिरोले दुई महिला घाईते भएका थिए । पछिल्लो दुईसाता यता पहिरोस्थलबाट खस्ने ढुंगाले सवारीसाधनको सिसा फुट्ने, पैदलयात्रीलाई समेत चोट लागेपछि सतर्कता अपनाइएकाले शुक्रबार समेत सम्भावित मानवीय क्षती टरेको छ । माथिबाट पहिरो खस्न थालेपछि आसपासमा रहेका सर्वसाधारण, यात्रु र सवारीचालक सुरक्षित स्थानतर्फ भागेका थिए ।

Leave a Reply