म्याग्दीको बेनी नगरपालिका वडा नं २ हाँडेभिरको उकालोमा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खस्दा बेनी–बागलुङ सडक अवरुद्ध भएपछि सडक सिधा सञ्चालनमा नआउँदासम्म बेनी–मालढुंगा सडक बन्द गरी मर्मत गर्ने कार्यलाई स्थगित गरिएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक दैनिक ४ घण्टा बन्द गरी निर्माण कार्य भइरहेको अवस्थामा बाटो बन्द स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । ‘केही दिन नियमित सञ्चालन हुन्छ,‘दुबै बाटो बन्द हुदाँ सर्वसाधारणलाई सास्ती हुने भएपछि उक्त निर्णय गरिएको छ’ प्रजिअ रानाले भन्नुभयो ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन दैनिक आवतजावत बन्द गरिएकोमा हिन्दु महिलाको पर्व तिजको अवसरमा समेत सहज हुने गरी बन्द नगरी सिधै सञ्चालनका लागि समन्वय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

 

Leave a Reply