हिन्दुहरुकाे पावन पर्व हरितालिका तिज जति नजिकै आउदैछ उति नै बजारमा माहोल तात्दैछ । अघिल्लो दिन दर खाने र भाेलिपल्ट निराहर शिवजीकाे व्रत बसि नाँचगान गर्ने परम्परागत रहेपनि हप्तौं अघिदेखि दर खाने चलन शुरु भएकाेछ ।

यहि क्रममा विभिन्न संघसंस्थाले दर खाने कार्यक्रम आयोजना गरि मनाई रहेकाेमा विद्यालयहरुले पनि तिजकाे अवसरमा विभिन्न कार्यक्रम गरि तिज पर्व मनाएकाेछ ।  म्याग्दी जिल्लाकै पुरानो विद्यालय प्रकाश माविले हरितालिका तिजकाे अवसरमा भाद्र १० गते तिज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेकाे छ ।

युवा रेडक्रस सर्कलकाे आयाेजनामा कार्यवाहक अध्यक्ष अर्जुन विककाे अध्यक्षता, निमित्त प्रधानध्यापक लेख बहादुर हमालकाे प्रमुख आतिथ्यता र कक्षा ११/१२ तह संयाेजक कविराम थापाकाे स्वागत मन्तव्य सहित सम्पन्न कार्यक्रममा ११ टिम समुहले सहभागी जनाएकाे कार्यक्रम सञ्चालक शिक्षक सन्ताेष सुवेदीले जानकारी दिए ।

तिजकाे माैलिक परम्परा जाेगाउदै विद्यार्थीकाे पहिचानको लागि कार्यक्रम आयाेजना गरेकाे शिक्षक नायक गाेरखनाथ सुवेदीले जनाए । प्रतियोगितामा लक्ष्मी पाैडेल प्रथम, सन्ताेषि कामी, सनम परियार र अमृता घर्ती मगरकाे समूह द्वितीय र अनुभुती पाैडेल र सिद्दिका पाैडेलकाे समूह तृतीय भएकाे निर्णायक मण्डलका संयाेजक खगेश्वर सुवेदीले जानकारी गराए । उत्कृष्ट विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरि प्रत्साहन गरेकाे र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने निमित्त प्रअ लेखबहादुर हमालले बताए । कार्यक्रममा विद्यालय परिवारले दर खानुका साथै विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply