बेनी नगरपालिका-६,अर्थुङ्गेका विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो ।

प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका धौलागिरीलाई खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिएको महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए ।

खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहनुभएका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेका हुन्।

वागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रवार काठमाडौंमा आयोजित एक विषेश समारोहमा उक्त सम्मान प्रदान गरेको हो । पाँच हजार नगद सहित सम्मान पत्र पाण्डेले शर्मालाई प्रदान गरेका हुन् । ५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । यसका अलावा उनले स्वतन्त्र लेखन पनि गर्दै आएका छन् ।

पत्रकारिता शुरु गरेसँगै धौलागिरीले जनयुद्ध पत्रकार समुह बनाएर युद्ध पत्रकारिता पनि गरेका थिए । जसका कारण उनी पटक पटक सुरक्षाकर्मीको निगरानीमा परेका थिए । व्यवसायिक पत्रकार भएका कारण सुरक्षाकर्मीले उनलाई पक्राउ गर्ने हिम्मत गरेको थिएन ।पछिल्लो समय उनी खानेपानी तथा सरसफाई सम्बन्धि सामग्रि दिने वासखबर डट कम मा सल्लाहकार सम्पादकको भुमिकामा रहेका छन् ।

अध्यक्ष अर्यालका अनुसार छापा, रेडियो, टेलिभिजन र अनलाईन मिडियामा कार्यरत चार जना पत्रकारलाई हरेक वर्ष खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिँदै आईएको छ । धौलागिरी अनलाईन तर्फबाट सम्मानित भएका हुन् ।प्रत्येक वर्ष साउन १ गतेदेखि सोही असार मसान्तसम्ममा खानेपानी तथा सरसफाईसँग सम्बन्धित प्रकाशित,प्रशारित सामग्रीको सँख्याको आधारमा पत्रकारहरुलाई सम्मानित गर्ने चलन महासंघको रहेको छ ।

Leave a Reply