मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीमा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ १४ जना आकांक्षी देखिएका छन् । शनिबार बसेको जिल्ला समितिको बैठकमा प्रतिनिधिसभा तर्फ रणबहादुर फगामी, डेक बहादुर पुन डिके, ओमराज मगर रहेका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं क मा दिपक पुन,राम गर्बुजा, नरबहादुर थापा मगर, मिनु थापा मगर,एलिना शेरपुञ्जा र विनोद शेरपुञ्जा रहेका छन् ।

त्यसैगरी क्षेत्र नं ख मा ओमराज मगर, मनबहादुर मगर, एलिस रोका मगर, कुल बहादुर फगामी र नरदेवी पूर्जा रहेको जिल्ला अध्यक्ष डिके पुनले बताए ।‘अर्को बैठकबाट सर्वसम्मत उम्मेदवार छनौट गर्नेछौ,‘अब चुनावमा होमिने गरी योजना बनाएर अगाडी बढेका छौ’ अध्यक्ष पुनले भने ।

उनका अनुसार सर्वसम्मत उम्मेदवार सहित जिल्लाभर अभियान सञ्चालन गर्ने तयारी सहित आज आकांक्षीहरुले आफ्नो दावी प्रस्तुत गरेको बताए । प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारमा गएको स्थानीय तहको निर्वाचनका उम्मेदवार समेत छन्

 

Leave a Reply