म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीमा ५ बर्षपछि लाखे नाच देखाइएको छ । सदरमुकाम बेनीमा बर्खे नाच तथा अन्य मेलापर्वमा देखाइने लाखे नाच नेवार समुदायको बसोबास रहेको ग्रामिण क्षेत्रमा विस्तारै लोभ हुन थालेपछि नेवार समुदायका यूवाहरुको पहलमा मौलिक लाखे नाच प्रर्दशन गरिएको हो । ग्रामिण क्षेत्रमा हराउँदै गएको लाखे नाचको संरक्षणमा जुटेको स्थानीय सुसिल श्रेष्ठले बताए । ‘नाच देखाउन पुख्यौली गाउँ गएका छौ,‘हामीले अव हरेक बर्ष र महत्वपूर्ण कार्यक्रमहरुमा देखाउँछौ’ उनले भने ।श्रेष्ठ सहित सज्जन श्रेष्ठले नेतृत्व गरी नाच देखाइएको थियो ।

राखुको हटिया भन्ने ठाउँबाट मैदानसम्म पुगेर लाखे नाच प्रर्दशन गरेका थिए । बर्खे नाच अन्तरगतका सबै नाचहरु गाउँमा सम्भव नभएपनि अन्य जातजाती र यूवापुस्तालाई आर्कषित गर्ने गरी भदौ १४ गते लाखे नाच सहित नागानागिनी नाच, जोगी नाच समेत देखाउने तयारी गरिएको छ । बर्खे नाच अन्तरगत हरितालिका तिजसम्म देखाइने विभिन्न नाचहरु म्याग्दीको सदरमुकाम बेनीको करिब ३ सय बर्ष पुरानो कला र संस्कृति मानिन्छ । बर्खे नाच बेनीको कला र संस्कृति मानिन्छ ।

Leave a Reply