---Advertisement---

तातोपानीमा म्याग्दी खोलाले बगाएर एक यूवा बेपत्ता

On: August 28, 2022 10:09 AM
Follow Us:

जिल्लाको बेनी नगरपालिका-४,तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । म्याग्दी खोलामा पुगेका उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।शुक्रबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएका राईको खोजीकार्य गरिएपनि फेला नपरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नदी किनारमा राईले लगाएको कपडा मात्र भेटिएको छ । परिवारसँगै तातोपानीमा बस्दै आएका राई ट्याक्टर चालक थिए ।तातोपानीस्थित श्रेष्ठ हटस्पीङ होटल नजिकैबाट छिमेकी मंगला गाउँपालिका–३, को पहरामा रहेको अरिङलको पोला रहेकाले तातोपानीबाट जोखिम मोलेर पारी जान खोज्ने गरेको पाइएको छ। पहरामा रहेको अरिंगालको पोला पोल्ने योजना समेत राई लगायतका यूवाहरुले बनाएका थिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।