म्याग्दीको बेनी नगरपालिका-६ मा रहेको मुनसन युवा क्लवको आयोजनामा छैँठौ मुनसन कप ९ ए साइड फुटवल प्रतियोगीता सुरु भएके छ । हरितालिका तिजको पावन अवसरमा आयोजित प्रतियोगीताको शनिवार जिसी फान्डेसनका अध्यक्ष, युवा नेता तथा व्यवसायी नारायण जिसीले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख अतिथि जिसीले म्याग्दी जिल्लामा फुटवलको लोकप्रीयता वढ्दै गएको बताउनुभयो । खेलकुद क्षेत्रले जिल्लाको पहिचान दिलाउन सक्ने भन्दै जिसीले खेलको विकास र खेलाडीको सम्मानमा आफ्नो तर्फबाट सधै सहयोग हुने बताउनुभयो ।

उहाँले मुन सन युवा क्लवले बर्षेनी आयोजना गर्ने प्रतियोगीताले जिल्लामा खेलाडी उत्पादनमा विशेष भूमिका निभाएको समेत बताउनुभयो । साथै उहाँले खेलमा सफलता प्राप्तीका लागि मेहनत लगनशिलता र अनुशासनको महत्व रहनेमा जोड दिनुभयो ।

त्यस्तै विशिष्ट अतिथि बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह वानियाँले वडामा समग्र खेलक्षेत्रको विकासका लागि सवै क्लवहरु संग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले चुत्रेनीमा वडाको सहयोगबाट क्लवको भौतिक संरचना निर्माण गरिएको र आगामी दिनमा पनि थप योजनाहरु संचालन गर्न बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा वडा सदस्य ईश्वर पौडेल, स्थानीय समाजसेवी, वुद्धिजीविहरु, आमा समुह, क्लवका भूपु पदाधिकारी तथा सहभागी खेलाडीहरुको उपस्थिति रहेको थियो । विभिन्न २१ समुहको सहभागीता रहेको प्रतियोगीतामा शनिवार ४ खेल सम्पन्न भएका छन । मुन सन लेजेन्ट र हुक्याई गाईज बेनी विच भएको पहिलो खेलमा मुनसन विजयी भएको छ ।

जिसी ग्रुप र डम्मरा युवा क्लव विचको खेलमा जिसी ग्रुप विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै सुर्केमेला युवा क्लवलाई पराजित गर्दै बौद्ध युवा क्लव मंगलाघाट र एभरग्रीन ब्ल्याक लाई पराजित गर्दै मुनसन ग्रीन दोस्रो चरणमा प्रवेश गरेको क्लवका कृष्ण मल्लले जानकारी दिनुभयो ।

प्रतियोगीतामा विजेतालाई ७७ हजार ७ सय ७७ र उपविजेतालाई ४४ हजार ४ सय ४४ ट्रफि, मेडल र प्रमाणपत्रको पुरस्कारको व्यवस्था गरिएको कल्व अध्यक्ष प्रकाश बानियाँले बताउनुभयो । उहाँका अनुसार प्रथम पुरस्कार जिसी फाउन्डेसनका अध्यक्ष नारायण जिसी र द्वितिय पुरस्कार ईश्वर पौडेल र सुदर्शन पौडेलले गर्नुभएको छ ।

Leave a Reply