म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँस्थित दिपशिखा माविको विद्यालय ब्यवस्थापन समितिमा रीप्रसाद (रविन) पुनको अध्यक्षताका नयाँ कार्यसमिति चयन भएको छ । आइतबार आयोजित अभिभावक भेलाले सदस्यहरुमा लिलन पुन, टकदेवी फगामी, पार्वती रामजाली, पञ्च बहादुर रामजाली, सुन्तली बिक, संगिता किसान, धन बहादुर जिसी र सदस्य सचिवमा डा. नन्द बहादुर खत्री रहेका छन् ।

अध्यक्षमा चयन भएका पुनले विद्यालयको शैक्षिक गतिविधि सहित सम्रग क्रियाकलापमा आवश्यक रचनात्मक सहयोग गर्ने बताए । उनले शैक्षिक, भौतिक तथा अन्य क्रियाकलापहरुमार्फत अभिभावकसँग जोडिने बताए। विद्यालयका प्रअ डा. खत्रीले विद्यालय यो स्थानसम्म आाउन अभिभावक तथा स्वदेश तथा विदेशमा रहेका कुहुँबासीको साथ र सहयोग रहेको बताए । भेलामा वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता एकजित रोका,विद्यालयका अभिभावक, पूर्व अध्यक्ष, सहयोगदाता लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply