अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

जिल्लास्तरीय तिज लोक नृत्य प्रतियोगितामा बेनी सामुदायिक प्रथम

On: August 28, 2022 9:03 PM
Follow Us:

म्याग्दी बहुमुखी क्याम्पसद्धारा आयोजित जिल्ला स्तरीय अन्तर मावि तिज लोक नृत्य प्रतियोगितामा बेनी सामुदायिक मावि बेनी प्रथम भएको छ । पुरानो मौलिकपन र कला संस्कृति बोकेको तिज पर्वको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउँदै संरक्षणमा समेत सक्रियता बढाउन आयोजित प्रतियोगितामा द्धितिय लिटल गार्डेन एकेडेमी, तृतिय बेनी आवासीय मावि र सान्त्वना न्यू होराईजन आवासीय मावि पवर्त बेनी भएको छ।

प्रतियोगितामा सहभागी विद्यालयले मौलिकता झल्कने तिज गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यालयले क्रमश नगद १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद र प्रमाणपत्र वितरण गरिएको छ।

प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगाना, विशिष्ट अतिथि उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ,सञ्चालक समितिका सदस्य एवम् पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, क्या. मिनबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

क्याम्पस प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता, सहायक प्रमुख श्रीधर सुबेदीको स्वागत, सञ्चालन सहायक प्रमुख पशुपतिनाथ ढकालले गरेका थिए । नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजको सांस्कृतिक पक्षलाई नयाँ पुस्तालाई देखाउन प्रतियोगिताले समेत सहयोगी भूमिका खेलेको आयोजकले जनाएको छ।