राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष बिरबहादुर थापा क्षत्रीलाई पत्नी शोक परेको छ। पत्नी ५७ बर्षिया नन्दकुमारी थापा क्षत्रीको आइतबार बेनपा–८ बेनीस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०२२ जेठ २९ गते बेनी नगरपालिकाको ज्यामरुककोटमा जन्मिनुभएकी थापा क्यान्सर पुष्टि भएर उपचारमा हुनुहुन्थ्यो ।

बेनी नगरपालिकाकी निवर्तमान उपमेयर एवम् राप्रपा म्याग्दीकी महिला उपाध्यक्ष सञ्जु बरुवालकी आमा स्वर्गीय नन्दकुमारी लामो समयसम्म अस्पतालमा किमोथेरापी सहित औषधी उपचार गरी घर फर्किनुभएको अवस्थामा निधन भएको राप्रपाका बेनी नगर सचिव देबेन्द्र क्षत्रीले जानकारी दिनुभयो ।

स्वर्गीय नन्दकलीको आइतबार कालिगण्डकी नदीमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । यसैबीच राप्रपाले जिल्ला अध्यक्ष थापाकी धर्मपत्नी तथा महिला उपाध्यक्ष बरुवालकी आमाको अल्पायुमै स्वर्गारोहणले अत्यन्तै मर्माहत र स्तब्ध भएको जनाएको छ । दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गरेको छ ।

Leave a Reply