जापानको ओसाका सहरमा आयोजित लीगको उपाधि बेनी फुटबल क्लब जापानले जितेको छ। गएको मार्च महिनाबाट सुरु भएको ग्लोबल फुटसल च्याम्पियन बनेको हो।

प्रतियोगितामा १ ओटा खेलमा मात्र पराजित भएको बेनी एफसीले अगष्ट २८ मा भएको अन्तिम खेल सकिँदा २७ अंक सहित लीग च्याम्पियन हुन सफल भएको क्लवका टिम क्याप्टेन मनोज बानियाँले बताए ।

‘यो उपाधी हाम्रो लागि ठूलो सफलता हो,‘अब क्लवमार्फत नियमित खेलकुद गतिविधिमा सहभागी हुन्छौ’क्याप्टेन बानियाँले भने ।प्रतियोगितामा जापानमा रोजगार, शिक्षा लगायतका क्षेत्रमा आवद्ध रहेका नेपाल, भियतनाम, चीन, कोरिया र म्यानमार गरी ६ वटा टिमको सहभागिता रहेको थियो ।

क्लवले २ वर्षको अन्तरालमा विभिन्न प्रतियोगिताको उपाधी चुम्न सफल भएको टिम म्यानेजर पूर्ण गर्बुजाले बताए । ‘अब क्लवले आफ्नो ब्यवसायिक खेल खेल्न सक्ने अवस्थामा पुग्नेछ,‘सबैको मेहनत अनुसार सफल भएका छौ’ गर्बुजाले भने। लीग च्याम्पियन बने सँगै बेनी फुटबल क्लबले ३ लाख ५० हजार येन, ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा बेनी एफसीका इलोब गुरुङ उत्कृष्ट खेलाडीको उपाधी हात पारेको छ । प्रतियोगिताबाट बेनी एफसीको शसक्त टिम बनाउने तयारी समेत भइरहेको छ ।

Leave a Reply