नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

सोमबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको प्रदेश सभा क्षेत्र ‘क’ ले जनाएको छ ।

पार्टीेको केन्द्रिय कार्यतालिका अनुसार प्रदेशसभाबाट जिल्ला हुदै प्रदेश समितिमा पठाइने छ ।उम्मेदवार सिफारिसमा प्रत्यक्षतर्फ बेनी नगरपालिकाका निवर्तमान मेयर, अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष गर्बुजाका प्रदेश सभाका सभापति छन्त्याल, निर्वतमान पार्टी सचिव रहेका छन् ।

त्यस्तै समानुपातितर्फ महिला संघकी अध्यक्ष गौचन, प्रदेश कार्यसमितिका सदस्य श्रेष्ठ, तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याल र दलित अगुवा विक रहेका छन् । केन्द्रिय मापदण्ड अनुसार तोकिएका उम्मेदवार बाहेक धेरै आकांक्षी भए जिल्लामै मतदान प्रक्रियाबाट छनौट गर्नुपर्ने छ । यसैबीच प्रदेशसभा ख तर्फ पनि कांग्रेमा आकांक्षी धेरै छन् भने प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षतर्फ पनि सर्वसम्मत नभए मतदान प्रक्रियाबाटै छनौट गरिने छ ।

Leave a Reply