महिलाको ब्यवस्थापन र लगानीमा म्याग्दीको बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले हिन्दु महिलाको पर्व तिजको अवसरमा विपन्न महिलालाई मुठिदान गरेको छ ।

सहकारीले नियमित आर्थिक अवस्था कमजोर भएका, उपचारबाट बन्चित लगायत समस्यामा परेका महिलालाई सहयोग गर्ने गरी सञ्चालन गरेको मुठीदान कार्यक्रममार्फत तिजको अवसरमा दुई परिवारलाई प्रति परिवारलाई ५ हजार ५५५ खाद्यान्न हस्तान्तरण गरिएको सहकारकी सचिव सुगम श्रेष्ठले बताउनुभयो ।

महिलालाई सहयोग गदै आइरहेको सहकारीले विपन्न र एकल पुरुषलाई समेत सहयोग गरेको सचिव श्रेष्ठको भनाई छ । सहकारीले बेनपा ९ डम्बर सिंह बिक र बेनपा ७ की जलेशा बेगमलाई सहयोग गरेको थियो । सहकारीको नियमित कार्यक्रम अन्र्तरगत रहेको मुठिदान अभियान मार्फत संकलन गर्ने गरिएको कावा अध्यक्ष सापकोटाको भनाई छ ।

हालसम्म सहकारीले म्याग्दीका साथै अति समस्यामा परेका बाहिरी जिल्ल्लाकालाई समेत सहयोग गरेको छ। सहकारीको यो अभियान जिल्लामै लोकप्रिय छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीकी कार्यवाहक अध्यक्ष विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष जगतकुमारी खत्री, ऋण संयोजक अम्बिका श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply