---Advertisement---

कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’बाट प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी सर्वसम्मत सिफारिस

On: August 30, 2022 10:41 AM
Follow Us:

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभाका लागि निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘ख’ ले प्रत्यक्षतर्फ युवा नेता मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ । दरबाङमा सम्पन्न प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को भेलाबाट मालिका गाउँपालिका–४, छापका छन्त्याललाई सर्वसम्मत सिफारिस गरिएको हो ।

नेपाल छन्त्याल संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्य रहेका छन्त्याललाई अगाडी सारिएको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’का सभापति टंकप्रसाद पुनले जानकारी दिनुभयो ।

भेलाबाट प्रतिनिधिसभाको समानुपातिक युवा नेता श्रीप्रसाद रोका मगर, प्रदेशको समानुपातिकतर्फ खिमबहादुर पुर्जा,देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल र अपाङ्गताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ ।

प्रत्यक्षतर्फका उम्मेद्वार छन्त्याल उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सर्वसम्मत सिफारिस भएका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा गठबन्धन भएमा त्यसलाई स्वीकार गर्ने समेत प्रतिबद्धता जनाएका छन् । म्याग्दीमा पाँचदलीय गठबन्धन भएमा यसपटक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाबाट हट्न परेमा प्रदेशसभा ‘ख’ रोज्ने करिब निश्चित छ ।