गोपाल आचार्य \ धवलागिरी गाउँपालिका–७ ताकमको धौलागिरी एकेडेमी एण्ड बोर्डिङ स्कुलको आयोजनामा अन्तर विद्यालय स्तरीय शिक्षक, शिक्षिकाहरुबीच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मुदीको वुद्धीविकास मावी प्रथम, लमसुङ मावि दृतीय र चन्द्रज्योती मावि खिवाङ तृतीय भएका छन् । प्रथम र दृतीय हुनेले नगद रु. दश हजार र पाँच हजार पुरस्कार पाए । यसैगरी नृत्य प्रतियोगितामा पनि वृद्धी विकास मावि प्रथम भएको छ ।

नृत्यमा चन्द्रज्योती मावि दृतीय र हेम नमुना आवासीय मावि तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीयले क्रमश रु. पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार पाए । घैटो फुटाउने खेल र सो डान्स पनि भएको प्रिन्सीपल रुपक सुवेदीले बताउनुभयो । ताकमको मौलिक राधाकृष्ण नृत्य पनि प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजाल, वडा अध्यक्ष अशोक खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply