मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ तेताङको प्याङ लेकमा शंकास्पद वस्तु पड्किएर घाइते भएका म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ का तेजेन्द्र रोकामगर र दिलिप रोकामगरको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग गरेको छ । विपन्नको उपचारमा सक्रिय रहेको कोषको अक्षयकोषबाट प्राप्त ब्याजले तत्काल उपचारका लागि ४० हजार सहयोग गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

कोषमा प्राप्त अन्य रोगका बिरामीलाई समेत रोग र अवस्था हेरेर सहयोग गरिएको थियो । जिम्बु टिप्न बन्दोबस्तीका सामाना लिएर मुस्ताङको लेकमा पुगेको अवस्थामा शंकास्पद वस्तु पड्किएको चार जना घाईते भएकोमा घाईतेद्धय तेजेन्द्र र दिलिपको अवस्था गम्भीर भएपछि हाल किर्तीपुर अस्पतालमा उपचार भइरहेको छ ।

शरीरभरी चोट लागेको अवस्थामा उपचारमा थप आर्थिक समस्या भएको दुर्दशन मुनज्योती यूवा क्लव पात्लेले जनाएको छ । शंकास्पद वस्तु पड्किएर रुमकै रेस रोकामगर, टिका बुढामगर घाईते भएकोमा उनीहरुको बेनी अस्पतालबाटै डिर्जाच भएको थियो । जिम्बु खोज्ने क्रममा शंकास्पद वस्तु पड्किएर घाइते भएकामध्ये तेजेन्द्रको दुबैतर्फको हातको औलामा क्षति पुगेको थियो । उनको बाँयातर्फको हातको ३ वटा औला सहित शरीर र अनुहारमा चोट छ ।

Leave a Reply