म्याग्दीको बेनी नगरपालिका-६ मा रहेको मुनसन युवा क्लवको आयोजनामा छैँठौ मुनसन कप ९ ए साइड फुटवल प्रतियोगिताको फाइनलमा कालिपुल यूवा क्लव कालो र बुद्ध यूवा क्लव मंगलाघाट प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनलमा जिसी ग्रुप छापलाई पराजित गदैं कालिपुल र आयोजक मनसुनलाई पराजित गदैै बुद्ध यूवाक्लव फाइनलमा स्थान सुरक्षित गरेको क्लवका सदस्य किसान कार्कीले बताए । सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । पेनाल्टी सुटआउटमा पुगेको खेलबाट फाइनलमा प्रवेश गरेका बेनीका दुबै क्लवको बुधबार हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

हरितालिका तिजको पावन अवसरमा आयोजित प्रतियोगीताको शनिवारदेखि सुरु भएको थियो । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगीतामा विजेतालाई ७७ हजार ७ सय ७७ र उपविजेतालाई ४४ हजार ४ सय ४४ ट्रफि, मेडल र प्रमाणपत्रको पुरस्कारको व्यवस्था गरिएको कल्व अध्यक्ष प्रकाश बानियाँले बताउनुभयो ।

प्रथम पुरस्कार जिसी फाउन्डेसनका अध्यक्ष नारायण जिसी र द्वितिय पुरस्कार ईश्वर पौडेल र सुदर्शन पौडेलले गर्नुभएको छ । यसैगरि सान सोजु कम्पनीका निर्देशक हाल कोरीया निवासी विनोद कुँवर बाट रु १ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

Leave a Reply