मुनसन कपको उपाधी बुद्ध यूवा क्लवलाई

0
10

मुनसन युवा क्लवको आयोजनामा छैँठौ मुनसन कप ९ ए साइड फुटवल प्रतियोगिताको उपाधी बुद्ध यूवा क्लव मंगलाघाटले जितेको छ । चुत्रेनी बगुवाखोला कोटेसागु खेलमैदानमा आयोजित प्रतियोगितामा बेनीकै कालिपुल यूवा क्लवलाई सुन्यका बिरुद्ध दुई गोल प्रहार गदैं उपाधी जितेको हो। बुधबार सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक भएपनि बुद्धका खेलाडी कालिपुल बिरुद्ध हावी भएका थिए ।

मंगलबार सम्पन्न सेमिफाइनलमा जिसी ग्रुप छापलाई पराजित गदैं कालिपुल र आयोजक मनसुनलाई पराजित गदैै बुद्ध यूवाक्लव फाइनलमा प्रवेश गरेका थिए । हरितालिका तिजको पावन अवसरमा आयोजित प्रतियोगीताको शनिवारदेखि सुरु भएको थियो । प्रतियोगितामा विजेतालाई ७७ हजार ७ सय ७७ र उपविजेतालाई ४४ हजार ४ सय ४४ ट्रफि, मेडल र प्रमाणपत्रको पुरस्कार प्राप्त गरेको क्लवका सदस्य किसान कार्कीले बताए । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।