बेनी नगरपालिका-१,रत्नचौरमा आयोजित ७’ए’ साइड फुटवल प्रतियोगिताको उपाधी पर्वत बेनीको बिक्कु फेमिलीले हात पारेको छ । हरितालिका तिजको पावन अवसरमा रत्नेचौर युवा क्लबद्वारा आयोजित प्रतियोगितामा आयोजकलाई पेनल्टी शूटआउटमा २ का बिरुद्ध ३ गोल प्रहार गदैं उपाधी जितेको हो ।

पर्वतको जलजला गाउँपालिका-३,स्थित पर्वत बेनीमा गठिन क्लवले स्थापनाको छोटो समयमा खुल्ला फुटबल प्रतियोगिताको पहिलो उपाधी जितेको छ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक आशिस भूजेल, उत्कृष्ट खेलाडी सन्तोष पन र सर्वाधिक गोलकर्ता मनोज नेपालीले जितेका छन् उत्कृष्ट विधाका तीनै जना खेलाडी बिक्कु फेमेलीमा आवद्ध छन् ।प्रतियोगिताका विजेताले नगद ७० हजार, द्धितिय पुरस्कार ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । विजेतालाई वडा अध्यक्ष टेकबहादुर थापा, प्रथम पुरस्कार प्रयोजक दिपा रावल, क्लव अध्यक्ष रत्न खत्री, सचिव मिबहादुर रावल, कोषाध्यक्ष सुरत बोगटी लगायतले वितरण गरेका थिए । क्लवका अध्यक्ष खत्रीको अध्यक्षता, सञ्चालन सुनिता बोगटी र संस्थापक अध्यक्ष भरत खत्रीले स्वागत गरेका थिए । रत्नेचौर यूवा क्लवले खेलकुद सहित विभिन्न सामाजिक एवम् मानवीय सेवा समेत गर्ने गरेको छ ।

क्लवमार्फत रत्नेचौरमा तोरी महोत्सवको आयोजना सहितका कार्यक्रमहरु तय गरिएपनि कोरोनाका कारण रोकिएको थियो । विजेता क्लवले खेलकुद सहित पर्वत र म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा सरसफाई, दाहसंस्कार गर्ने स्थानको मर्मत लगायत विभिन्न सामाजिक कार्यलाई उच्च प्राथमिकता दिएको क्लवका सचिव प्रकाश मगरले बताए । क्लवमा फुटबल खेलाडी सहित स्थानीय यूवाहरुको आवद्ध रहेको छ ।

 

Leave a Reply