पर्वतको मोदी गाउँपालिकादेखि पोखरामा जडान भएको लाइनमा समस्या आएको भए पनि कहाँनेर के समस्या आयो भन्ने पत्ता नलागेको गोशलीले बताए।

‘पोखरादेखि मोदीसम्मको लाइनमा तार चुँडियो की, टावर नै ढल्यो की वा अरू नै केही भयो की भन्ने अझैसम्म पनि पत्ता लाग्न सकेको छैन। प्राविधिक टोलीले लाइन बिस्तार गरिएकै बाटो हिँडेर फल्ट पत्ता लगाउने प्रयास गरिरहनुभएको छ’, उनले भने, ‘फल्ट पत्ता लागेपछि पनि सामान्य खालको भएमा त मर्मत भइहाल्न सक्ला। तर टावर नै ढल्ने वा जटिल समस्या भएमा विद्युत् सेवा सुचारु हुन समय लाग्ने छ।’

मंगलवारदेखि भइरहेको निरन्तरको वर्षा नरोकिएका कारण पनि विद्युत् लाइनमा आएको समस्या पत्ता लगाउन कठिनाइ भइरहेको छ। मर्मतका लागि गएको टोलीलाई वर्षाले समस्या बनाएको छ।विद्युत् सेवा नहुँदा व्यावसायिक प्रतिष्ठानदेखि सञ्चार माध्यमहरू पनि प्रभावित बनेका छन्। अनलाइनका माध्यमबाट गरिने विभिन्न कार्यालयका सेवाहरू पनि प्रभावित भएका छन्।

थाहाखबरका लागि सन्जय रेग्मीले तया पारेको समाचार ।

Leave a Reply