माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका लिटल गार्डेन एकेडेमीका उत्सव सापकोटाले पुनर्योग गर्दा ४ जिपिए ल्याए । उनले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगको आवेदन दिएर सर्वोत्कृष्ट नतिजा ल्याएका सापकोटाले भविस्यमा बैज्ञानिक बनेर नेपालको नाम चिनाउने लक्ष्य रहेको बताएका छन् । सापकोटासँग गरिएको छोटो कुराकानी
३.९५ जिपिएमा चित्त नबुझेर किनपुनर्योग गर्नुभयो ?
मैले पुनर्योग गरेपछि ४ जिपिए आइहाल्छ कि भनेर गरेको होइन। ४ जिपिए आउनै पर्ने थियो किन आएन भनेर पुनर्योग गरेको हुँ ।जुन विषयमा ४ जिपिए आएको थिएन सो विषयको प्रश्नपत्र र मेरो लेखाईमा म सन्तुष्ट थिएँ। मलाई उक्त विषयको ज्ञान, प्रश्नपत्रले खोजेको उत्तर र मैले समय व्यवस्थापनका साथ सन्तुलित उत्तर सहज रुपमा उत्तरपुस्तिकामा उतारेको थिएँ। एसईई परिक्षा अघिका अन्य परिक्षा र नतिजाले म सामान्य तया मूल्यांकनबारे जस्तो दृष्टिकोण राख्दथें सोही आधारमा ४ जिपिए आउने बलियो अनुमान मसंग थियो।त्यसैले पुनर्योग गरेको हुँ। सही मूल्यांकन भएको रहेछ। जोडमा फरक हुनु मानवीय त्रुटी हो, सच्चिएर ४ जिपिए नै आयो ।

पुनर्योग गर्दा ४ जिपिए नै आएको खबर सुनेर कस्तो लाग्यो ?
मैले जुन मिहिनेत गरेको थिएँ , मेरो अभिभावकले जुन वातावरण दिनु भएको थियो, कोभिड १९ को लामो प्रभावका बाबजुद पनि अध्यापनमा विद्यालयले जुन व्यवस्थापन गरिरह्यो र प्रिन्सिपल तथा विषय शिक्षकहरुले स्कुल समयका अतिरिक्त आवश्यकीय क्षणमा जसरी पढ्ने कुरामा उत्प्रेरित गरि रहनुभयो त्यसैको प्रतिफल मेरा अरु साथीहरुको नतिजा थियो र विशेष गरी मेरो ४ जिपिए आउनमा सरोकारवालाहरुको कुशल संयोजन र मेरो आत्मबल सहितको मिहिनेत थियो।यो नतिजा आउँदा म धेरै खुशी भएँ।म संगै मेरा अभिभावक, विद्यालय व्यवस्थापन, गुरुहरु,म्याग्दी जिल्लाबासी, धौलागिरी र समस्त शिक्षा प्रेमी पनिखुशीहुनुभयो होलाभनेर म भावविभोर पनि भएँ।

लिटल गार्डेनको शैक्षिक वातावरण कस्तो छ ?
लिटल गार्डेन एकेडेमीको बि।स २०६१सालमा स्थापित भएको हो । यो ििवद्यालयलको शैक्षिक वातावरण दिनानु दिन विधार्र्थीमैत्री हुदै गएको मैले पाएको छु ।जिल्लाकै उत्कृष्ट विद्यालयलहो भन्ने सुनेर नै म कक्षा ८ देखि यस विद्यालयमा आएको हुँ। विद्यालय एउटा धरोहर हो । बिज्ञान प्रयोगशाला , पुस्तकालय सहितको पक्की भवनमा सि.सि.क्यामेराले निगरानी गरिरहेको विद्यालय आफैमा सुन्दर छ र हामीलाई गम्भीर हुन र सम्बेदनशील हुन सचेत गरिरहे झैँ लाग्छ ।विद्यालयव्यवस्थापन र प्रशाशनले विधार्थीका समस्या र आवश्यकतालाई राम्ररीबुझ्ने गर्दछ। अभिभावकसंग जनसम्पर्क गर्ने शैली नै बेग्लै छ । नियमित पठनपाठनको लागिप्रिन्सिपल सर र बिषयगतशिक्षकसरहरुले पारिवारिक मायालु वाताबरण दिनलालायित देखिनुहुन्छ।शिक्षा सम्बन्धिआतिरिक्तक्रियाकलापनियमित रुपले हुने गर्दछन् । पढ्ने विधार्थीको लागि केहि कमीभएजस्तो मलाई लाग्दैन।


नेपालका सर्वोत्कृष्ट नतिजा ल्याउने ४० जनामध्ये पर्दाको अवस्थामा अबको शैक्षिक यात्राथप चुनौतीपूर्ण लाग्दैन ?
पक्कै पनि चुनौतीपूर्ण लाग्छ । यो बर्ष नेपालमा ४ जि.पी.ए. ल्याउने ४ दर्जन विधार्थी भित्र आफु पर्दा गौरव पनि लागेको छ। भयानक कोरोनासंग दुनिया लडिरहेको बेला म अध्ययनकार्यमा जसरी लागिरहे त्यसैगरी अवकादिनहरु चुनौतीका पहाड हुने छैनन् । अवसरका सिढीहरु हुनेछन ्भन्ने मेरो विश्वास छ । मैले अहिलेको सफलतालाई आगामी शैक्षिक यात्रामा पनि निरन्तरता दिने छु ।

अब कुन विषय लिएर भविस्यमा के बन्ने सोच छ ?
एसईई परीक्षा सकिनासाथ धेरै विद्यार्थीको आकर्षणको केन्द्रमानिने सेन्ट जेभिएर्स कलेज, माइतीघर काठमाडौंमा ए लेभल पढ्दै छु । यसको नतिजा अनुसार उच्चशिक्षालाई अरु अगाडि बढाउने छु ।लक्ष्य र उद्देश्य त मेरो नेपालको वैज्ञानिक बनेर नासासम्म पुग्ने लक्ष्य छ । लक्ष्य प्राप्तीको पहिलो पाइला नै एसईईको नतिजा हो । एसईईपछिका मेरो मेहनतलाई लक्ष्य प्राप्तीसम्मको मिसनसँग जोडेको छु । मैले आफ्नो दैनिक कार्यतालिका बनाइसकेको छु । समय र परिस्थितिले साथ देओस् भन्न चाहन्छु ।

एसईईको तयारीमा रहेका विद्यार्थीलाई के सुझाव दिनहुन्छ ?
मोवाइलको कम प्रयोग गर्नुहोस् । सम्पूर्ण रुपमा गुरुहरुप्रति समर्पित रहनुहोस् । सबै विषयहरूलाई समान महत्व दिनुहोस्। साथीभाइहरुको विचमा आपसी सहकार्य गर्न नबिर्सनुहोस् । पठनपाठन बाहेक विवाह, व्रतबन्ध , चाडपर्व लगायतका विषयहरुलाई यो वर्ष विर्सनुहोस् । फर्मुला बनाएर पढ्नुहोस् ।अक्षर छिटो र राम्रो लेख्नुहोस् ।विद्यालय र अग्रजहरुले प्राप्त गरेको उपलब्धिलाई हेक्का राख्नुहोस् ।“म सक्छु”भन्ने कुरामा प्रतिबद्ध हुनुहोस् । समयको सदुपयोग गर्नुहोस् । पढाई लेखाईमा तनाब नलिनुहोस्, उमंग भै इच्छाशक्तिका साथ अघि बढ्नुहोस् ।शैलीआफ्नै हुन्छन , फरक तरिकाले प्रस्तुतहुनुहोस् भन्न चाहन्छु। बेनी साप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply