आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस भएको छ। पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फ १४ जना आकांक्षी देखिएका छन् ।

प्रत्यक्षतर्फ खमबहादुर गर्बुजा ‘खम्बिर’, रेशमबहादुर बानियाँ, केवी भण्डारीर नेत्रबहादुर महतको नाम सिफारिस भएको छ। त्यस्तै प्रतिनिधि सभातर्फकै समानुपातिकतर्फ माधवप्रसाद रेग्मी,हिराबहादुर पुन,मनकुमारी विश्वकर्मा,विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर,भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल,गोपाल बानियाँ,प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माले रहेका छन् ।

छलफलको क्रममा नाम दर्ता गरेकाहरुलाई नै सिफारिस गरिएको छ। निर्वाचनमा सिफारिस हुने उम्मेदवारलाई केन्द्रबाट तोकिएको मापदण्डलाई भने उल्लंघन गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभामा आकांक्षी धेरै भए मतदानको माध्यमबाट भएपनि उम्मेदवार बनाउन माग गरिएकोमा आकांक्षी सबैको नाम पठाइएको छ ।

जिल्लामा मतदान प्रक्रियाबाट उम्मेदवार छनौट गर्दा निर्वाचन प्रभावित हुने तथा चुनिएका उम्मेदवारलाई समेत असर गर्न सक्ने भएकाले सबैको नाम पठाइएको एक नेताले बताए ।उम्मेदवारको आकांक्षीले सामानुपातिकको सूचीमा धेरै चासो देखाएका छन् ।

पार्टी सभापति गर्बुजा ०६४ मा सामानुपातिकतर्फ, दोस्रो संविधानसभा र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनिसक्नुभएको छ, बानियाँ दोस्रो संविधानसभामा मनोनित हुने कोटाका सांसद भइसक्नुभएको छ, भण्डारीले पार्टीमा यसपटक उपसभापतिमा निर्वाचनबाटै विजय हुनुभएको थियो, उहाँले प्रतिनिधिसभामै प्रत्यक्षमै चासो देखाउनुभएको छ भने महतले पार्टीबाट गएको निर्वाचनमा प्रदेश क मा उम्मेदवार बन्ने अवसरलाई अन्तिम समयमा आएर गुमाउनुभएको थियो ।

यसपटक गठबन्धनसँगै कांग्रेसभित्रको समेत भागबण्डाले कसको हातमा टिकट जान्छ भन्ने अवस्था नरहेको एक नेताले बताए ।

जिल्लाभित्र नेकपा माओवादी केन्द्र सहितका दलसँगको तालमेल भएको अवस्थामा माओवादीले प्रदेशसभातर्फ रोज्नुपरेमा प्रदेश सभा ख रोज्ने सम्भावना देखिएको छ भने बजारमा दुबै प्रदेशसभा सदस्यमा माओवादीले दावी गरेमा वा समाजवादीलाई दिएमा भने कांग्रेसलाई उम्मेदवार ब्यवस्थापनमा सकस हुने छ ।

कांग्रेसले टिकट वितरणमा सहज र कुनै असन्तुष्टी नहुने गरी संघमै दावी गरेकालाई समेत प्रदेशमा दिएर समेत चुनावी मैदानमा होमिने अवस्था समेत रहेको चर्चा छ ।

Leave a Reply