नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दावी सहित नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई ज्ञापनपत्र बुझाएको छ । फोनिज म्याग्दीका अध्यक्ष साधन राम्जाली, सचिव समिर रोका र कोषाध्यक्ष धनिलाल गर्बुजाले नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम मार्फत केन्द्रलाई बुझाएको ज्ञापन–पत्र पठाएको हो ।

फोनिजका अध्यक्ष राम्जालीले इतिहासको तथ्य र प्रमाणहरूका आधारमा संस्थापक अध्यक्ष श्रेष्ठ भएकाले प्रमाणका आधारमा संस्थापक अध्यक्ष बनाउन आवश्यक रहेको बताए । ज्ञापनपत्रमा संस्थापक अध्यक्ष भनेर हालसम्म उल्लेख गरेको गलत विवरणलाई सच्चाएर श्रेष्ठलाई नै संस्थापक धोषित गर्न थप दवावमुलक कार्यक्रमहरु समेत ल्याउने फोनिजले जनाएको छ ।

नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई राखिएको छ । अग्रज नेतृत्वले अतुलनीय योगदानलाई सम्मान गदैं संस्थापक परिवर्तन नभई तथ्यमा रहेर स्थापित गर्न खोजेको फोनिजले जनाएको छ ।

बिस २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो। बि.स २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्य साथ संघको पुनर्गठन गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष गौतमले ऐतिहाँसिक तथ्य र प्रमाणलाई परिवर्तन गर्न नकिने भएकाले योगदानलाई जिवन्त रहने गरी थप अनुसन्धान गर्नुपर्ने बताए । उनले ज्ञापन पत्रलाई केन्द्रिय कार्यालयमा पठाइएको बताए । ज्ञापनपत्र बुझने कार्यक्रममा महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष अमिन विश्वकर्मा लगायतको उपस्थिीति रहेको थियो ।

Leave a Reply