धौलागिरीका चार जिल्लामा १४ घण्टाको अवरुद्ध पछि विहिबार राती ८ बजे देखि बागलुङ र पर्वतमा सुचारु भएपनि म्याग्दीमा भने अझै अवरुद्ध छ । चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा झण्डै चौथ घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

१३२ केभि मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध भएको थियो । पोखरा मोदी खण्ड १३२के भि प्रसारण लाईन पोखरा स्थित बाटुले चौर र भलाम बिच दुई ओटा टावर मा तार चुडिएका कारण विद्युत सेवा अवरुद्ध भएको पर्वत वितरण केन्द्रले जनाएको छ ।

म्याग्दीमा विद्युत अवरुद्ध भएको बारेमा बुझ्न खोज्दा  वितरण केन्द्रले बागलुङदेखि पर्वतको जलजला र म्याग्दी तर्फको अवरुद्ध भएको स्थानमा मर्मत भइरहेको जनाएको छ ।

पर्वतको जलजलामा रहेको स्टेशन आसपासका क्षेत्रमा प्राविधिक टोली खटिएको बेनी वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आजै विद्युत सुचारु गर्ने प्रयासमा प्राविधिक जनशक्ती सहितको टोली खटिएको बताएको छ ।

Leave a Reply