---Advertisement---

ठूलो परिमाणको लागु औषध सहित ५ जना पक्राउ

On: September 1, 2022 10:27 PM
Follow Us:

म्याग्दी सहितका जिल्लामा रहेका प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको लागु औषध अफिम (ब्राउन सुगर) कारोवारमा संलग्न ५ जना सहित ठुलो परिमाणमा लागु औषध बरामत गरिएको छ ।

धौलागिरी भित्रका जिल्लामा रहेका प्रयोगकर्तालाई लक्षित गरी ल्याइदै गरेको गोप्य सूचनाको आधारमा पर्वत प्रहरीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल मोदी गापा २ मा कोठाभाडामा बस्दै आएका २९ बर्षिय बिजय पुन, मोदी गापाका २६ का सचिन सार्की, तनहुँ सुक्लागण्डकी नपा वडा न १ दुलेगौडाका अजय पुन, मोदी गापाकै २५ बर्षिया दिनेश गर्बुजालाई प्रहरीले पर्वतमै अहिलेसम्मकै धेरै लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले निजबाट नुफीन १२४ एम्पुल, डाईजेपाम १२२ एम्पुल फेनारगन १२५ गरी एम्पुल बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धी कसूर शिर्षकमा मुद्दा दर्ता गरी पर्बत जिल्ला अदालत कुश्माबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पर्बत कुश्मा नपा वडा न.७ राममन्दिर स्थितबाट जिल्ला कास्की पोखरा म.न.पा वडा न.७ घारिपाटन डेरा गरी बस्ने बर्ष १९ की आफ्रिन खानबाट ब्राउन सुगर जस्तो देखीने खैरो रंगको धुलो पदार्थ ६ ग्राम ९३० मिलि ग्राम समेत बरामद गरिएको छ ।

पर्वतमा पक्राउ परेकाले म्याग्दी सहितका जिल्लामा रहेका प्रयोगकर्ताका लागि विक्री गर्न ल्याइएको बताएका छन् । म्याग्दीमा रहेका प्रयोगकर्ताले छिमेकी बागलुङ र पर्वत जिल्लाबाट विभिन्न माध्यमको प्रयोग गरी ल्याउने गरेको पाइएको छ। प्रहरीका अनुसार म्याग्दीको ग्रामिण क्षेत्रबाट गाँजा बजारमा ल्याउने र बाहिरी जिल्लाबाट सिरिन्जको प्रयोगकर्तालाई लक्षित गरी लाघु औषध भित्रिने गरेकाले निगरानी बढाइएको जनाएको छ ।

म्याग्दीमा आउने रात्री बस सहित विभिन्न सवारीसाधनहरुको लागु औषधका प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । प्रहरीले कडाई गरेपछि लागु औषधका प्रयोगकर्ताले स्थानको पहिचान गरी त्यहाँ लगेर राखिदिने, मोबाईल बैंकिङको माध्यमबाट भुक्तानी गर्ने र प्रयोगकर्ताले राखिएको स्थानबाट ल्याएर प्रयोग गर्ने सम्मको नयाँ शैलीको प्रयोग समेत गरेको भेटिएको छ ।