---Advertisement---

बाइकर्स म्याग्दीले पर्यटकीय गन्तव्य लभ्लीहिलमा बोर्ड राख्यो

On: September 2, 2022 11:02 AM
Follow Us:

बेनी नगरपालिका २ स्थित पर्यटकीयस्थल लभ्लीहिलमा बाइकर्स म्याग्दी नामक समुहले बोर्ड अनावरण गरेको छ । म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् ।

आसपासका क्षेत्रको सरसफाई सहित पर्यटकलाई लभ्लीहिलमा पुगेर दृष्य लिने बेलामा सहज हुने स्थानमा राखिएको सदस्य अञ्जन मगरले बताए । उनका अनुसार करिब १० हजारको खर्चमा उक्त काम गरिएको छ ।सदरमुकाम बेनीनजिकै रहेको लभ्ली हिल नयाँ आकर्षण बनेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक लभ्ली हिल पुग्न थालेपछि त्यहाँ विभिन्न पूर्वाधार विस्तारले तिब्रता पाएको छ । सदरमुकामबाट ३० मिनेटमै पुग्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बनेको हो । पर्यटकीय पूर्वाधार बनेपछि पर्यटकलाई पनि सहज भएको छ ।म्याग्दी र कालिगण्डकी नदीको दोभानस्थित बेनीबजार, पर्वत बेनी, रमाइला पहाडहरू अवलोकन गर्न सक्ने भएकाले लभ्ली हिल नयाँ पर्यटकीय गन्तव्यका रूपमा सबैको रोजाइमा पर्न थालेपछि अहिले सहासिक गन्तब्य बनाउन समेत आवश्यक सर्वे भइरहेको छ।