---Advertisement---

म्याग्दी बहुमुखी क्याम्पसमा माछापुच्छ्रे बैंकको वित्तिय साक्षरता

On: September 2, 2022 11:36 AM
Follow Us:

माछापुच्छ्रे बैंक बेनी शाखाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ। सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यार्थीमार्फत वित्तिय सचेतना फैलाउने बैंकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंकका बेनी शाखा प्रबन्धक यादव आचार्यले म्याग्दीमा निजी क्षेत्रको पहिलो शाखा स्थापना गरेर वित्तिय सुविधा दिइरहेको माछापुच्छ्रे बैंकले सहरदेखि ग्रामिण क्षेत्रसम्म सहज र प्रभावकारी बैंकिङ्ग सेवा दिएको बताएका थिए ।

क्याम्पसमा बिबिएस प्रथम र चौथो बर्षमा अध्ययरत विद्यार्थीलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु,कर्जा लिने प्रक्रिया, लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको सहायक प्रबन्धक सुमित सुबेदीले बताए ।

बैंकले वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रमलाई आगामी दिनमा पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा करिब १ सय विद्यार्थीले खाता खोलेका थिए । म्याग्दीमा भौगोलिक रुपमा विकट तथा सदरमुकाम बेनीसम्म आएर वित्तिय सेवा लिनुपर्ने अवस्थामा रहेका नगरपालिका भित्रका वडामा समेत शाखारहित सेवा सुरु गरेको बैंकले सेवालाई ग्रामिण क्षेत्रमा आक्रामक रुपमा विस्तार गरेको छ ।

यसैबीच सोही अवसरमा क्याम्पसका प्राध्यापक नारायण सुबेदीले वित्तीय साक्षरता भनेको बैंकमा खाता खोल्नुमात्रै नभएको बताउँदै विद्यार्थीको शिक्षासँगै यस्ता कार्यक्रमले समेत थप सहज हुने बताएका थिए ।