पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ म्याग्दीका ६ जना खेलाडी आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन वानियाँ, मार्शल गर्वुजा, सिमित शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन् ।

५ जना खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा म्याग्दीले फाइनलमा बागलुङ्गलाई पराजित गरेको थियो । त्यस्तै ६१ केजी समुहको महिला तर्फ प्रिती थापा स्वर्ण पदक जितेकी छन् । कुमुतेमा सहभागी र थापाले स्वर्ण पदक जित्दै राष्ट्रिय खेलका लागी गण्डकी प्रदेशबाट छनौट भएको प्रशिक्षक विरेन्द्र श्रेष्ठले बताए ।‘एउटै खेलबाट पाँचजना खेलाडी छनौट भएका छन्,‘अब प्रदेशबाट राष्ट्रीय पदक जित्नका लागि थप तयारी हुन्छ’ प्रशिक्षक श्रेष्ठले भने ।

छनौट प्रतियोगितामा म्याग्दीबाटै सहभागी भएका ५० केजी पुरुषमा मार्शल गर्वुजा रजत (द्वितीय) तथा टिम काता पुरुष र महिला, ६७ केजी पुरुष प्रज्वल शेरचन कास्य (तृतिय) भएका छन्। म्याग्दीबाट प्रदेशस्तरीय विभिन्न खेलका लागि करिब २ सय खेलाडी छनौट भएका थिए । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिने भएको हो।

Leave a Reply