पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौटमा फुटबल खेलमा म्याग्दीले मनाङ जिल्लालाई फराकिलो अन्तरले पराजित गरेको छ । शुक्रबार भएको खेलमा म्याग्दीले मनाङलाई ४ गोल प्रहार गरेको थियो । प्रतियोगितामा म्याग्दीका खेलाडी सुरुवातदेखि नै हावी भएका थिए ।

म्याग्दी जिल्लास्तरीय खेलमा उत्कृष्ट खेलाडीहरुलाई समेत समेटिएकाले प्रतियोगितामा सहज भएको छ । प्रतियोगितामा किरण थापा, जगत बुढा, बिनम थजाली र पेनाल्टीमा सन्तोष पुनले गोल प्रहार गरेको खेलाडी दिनेश घर्ती मगरले जानकारी दिए । म्याग्दी

म्याग्दीका दिनेश घर्ती मगर सनम बानियाँ, नेत्र हुसेन, मनिष श्रेष्ठ लगायत १६ खेलाडी छनौट भएका थिए । फुटबल तर्फ टिम कोच निशान गुरुङ र ब्यवस्थापन साजन फगामीले गरेका छन् । यसपटक म्याग्दीका खेलाडी समेत प्रदेश हुदै राष्ट्रिय खेलमा खेल्ने सम्भावना रहेको जिल्ला फुटबल संघले जनाएको छ । म्याग्दीबाट पुरुष र महिला फुटबल खेलमा विगतमा भन्दा प्रदेशस्तरीय खेलमा धेरै सुधार देखिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Leave a Reply