म्याग्दीका समीर किसानको राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सपना पूरा भएको छ। म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण पदक जितेर बैदेशिक रोजगारीमा ओमन गएकी आमा मायाँदेवीलाई जिल्लास्तरीय प्रतियोगिताबाट स्वर्ण पदक सर्मपण गरेका किसानले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा रजत पदक जितेका छन् ।

पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा पदक जित्दै समीर गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीको सूचीमा परेका छन्। ‘मैले आमालाई दिएको बाचा पूरा गरेको छु, अव राष्ट्रिय प्रतियोगिताबाट पदक ल्याएर आउँछु’ समीरले भने ।

सन्तानको भविष्य सुनिश्चित गर्न र परिवारको खुसीका लागि खाडी मुलुकमा पुगेकी मायाँदेवीको चाहना पनि छोरालाई उसुको राष्ट्रिय खेलाडी बनाउने भएकाले खाडी मुलुकबाटै निरन्तर हौसला प्रदान गर्ने गरेकी छन् ।मार्सल आर्टस् अन्तरगत पर्ने उसु विधामा समीरको चाहना र समयलाई समेत मायाँदेवीले साथ दिने गरकेी छन्।

बेनी नगरपालिका–६,खैरेनीका किसानले गएको राष्ट्रपति प्रतियोगितामा जामुनाखर्क माविलाई मार्सलआर्टस् विधामा स्वर्णपदक समेत दिलाए । गएको जेठ १५ गते उपचारको क्रममा बुबाको मृत्यु भएपछि घरमा दुई दिदीसँगै रहेका समीरले उच्च शिक्षासँगै खेललाई समेत अगाडी बढाएका छन् । दुख, कष्ट, अभावकै अभावमा हुर्किएका समीरले खेलमार्फत पहिचान बनाउँदै देशको लागि समेत अन्तराष्ट्रियस्तरमा पुगेर खेल्ने लक्ष्य बोकेर निरन्तर मेहनत गरेको बताउँछन् ।

उसु खेलतर्फ जिल्लास्तरमा उत्कृष्ट खेल प्रर्दशन गरेका समीरले गण्डकी प्रदेभरीका खेलाडीमाझ पनि आफ्नो कलात्मक खेल देखाउन सफल भएको प्रशिक्षक विकल कँडेलले बताए । उनका अनुसार म्याग्दीबाट सहभागी मध्ये शुक्रबारसम्म छाङछ्वान विधामा समीर, प्रमिसा बानियाँ, थाउलो तर्फ ५२–५६ केजी तौल समुहमा दिक्षा राईले पदक जितेका छन् भने सुशिलकुमार श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

File photo

Leave a Reply