अन्ततः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, पूर्व सभापति रेशमबहादुर बानियाँ, पार्टी जिल्ला उप–सभापति केवी भण्डारीको नाम सिफारिस गरिएको हो ।

चारजनाले आकांक्षी देखाएकोमा कांग्रेसका पुराना नेता नेत्रबहादुर महतले सामानुपातिक तर्फ आकांक्षा देखाएपछि तीनजनाको नाम सहित प्रतिनिधिसभातर्फको सामानुपातिक, दुबै प्रदेशतर्फको प्रत्यक्ष र सामानुपातिक उम्मेदवारको सूची पठाइएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ। अव प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार को बन्छ भन्ने चासोको विषय बनेको छ ।

पार्टीका सभापति र पूर्व सभापति सहित उपसभापतिको नाम सिफारिस भएपछि टिकट कसको हातमा पर्छ भन्ने चर्चा सुरु भएको हो । दोस्रो संविधानसभा र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनिसकेका सभापति गर्बुजा, पहिलो संविधानसभामा उम््रमेदवार बनेका र मनोनिततर्फ दोस्रो संविधान सभा सदस्यको रुपमा संघीय सांसदको अनुभव बटुलेका बानियाँ र पार्टीको उपसभापतिको रुपमा रहेका भण्डारीको केन्द्रिय नेतासँग आफ्नै पहुँच र सम्बन्ध रहेको छ ।

कांग्रेस भित्रको गुटको राजनीतिमा जसले प्रभाव पार्न सक्छ सोही अबको प्रतिनिधिसभाको उम्मेदवार बन्ने करिब निश्चित छ ।
सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र सभापतिमा पराजित शेखर कोइराला पक्षले नै म्याग्दीलाई दावी सम्भावना धेरै छ । सत्ता गठबन्धन बिच चुनावी तालमेल भएमा म्याग्दीमा माओवादीले समेत प्रतिनिधि सभा दावी गर्ने सम्भावना भएपनि माओवादीले प्रदेशसभा तर्फ रोज्न परेमा यसपटक प्रदेशसभा क रोज्ने सम्भावना न्यून छ ।

माओवादीले पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी क्षेत्र समेटेको प्रदेशसभा ख रोजेमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा क दावी गर्नेछ । प्रतिनिधिसभामा एक मात्रै निर्वाचन क्षेत्र रहेकाले संघकै निर्वाचनमा दावी गरेकालाई समेत कांग्रेसले प्रदेशतफै पठाउन सक्ने भएकाले अहिले जिल्लाबाट पठाइएको उम्मेदवारको सूची नै अन्तिम नभएको नेपाली कांग्रेस प्रदेश कार्यसमितिका एक नेताले बताए । अघिल्लो निर्वाचनमा बाम गठबन्धनसँग भिडेको कांग्रेसलाई यसपटक सहज भएकाले पनि संघीय र प्रदेशसभातर्फ प्रत्यक्षमै धेरै आकांक्षी देखिएका छन् । जिल्लामा पार्टीमा उम्मेदवार हुन दावि पेश गर्नुभएका सबैको नाम प्रदेश समितिमा पठाउने निर्णय गरिएको सचिब हिरा पुनले बताए ।

अन्य उम्मेदवार यस्ता छन्
उम्मेदवारी दावी गर्नेमा प्रतिनिधिसभा तर्फकै समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । त्यसैगरि प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले समेत उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्याप्टेन मिनबहादुर कार्की, क्याप्टेन डमबहादुर गर्बुजा रहेका छन् ।

त्यसैगरि सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ ।त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खिमबहादुर पुर्जा,देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल र सुरेन्द्र खत्रीको नाम सिफारिस गरिएको छ ।

Leave a Reply