दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित पन्थोकमा १२ औं सेभेन ए साइडको पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । न्यु देविस्थान युवा क्लबको आयोजनामा आगमी असोज २१ देखि २५ गते सम्म संचालन हुने क्लबका सदस्य सुबास पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,उक्त प्रतियोगितामा विजेता पुरुष टिमले ८८ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । भने द्धितिय हुने टिमले ४४ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विजेता महिला टिमले बीस हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । भने द्धितिय हुने टिमले दश हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियोगितामा सहभागी हुने चाहने टिमले २० गतेसम्म दर्ता गर्न पाउनेछन् । २१ गतेदेखि खेल सुरु हुने आयोजकले जनाएको छ । सेमिफाइनलबाट बाहिरीने टोलीले दश हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल किपर, र उत्कृष्ट स्टाइगरलाई क्रमश ः १,००० हजार र मेडलले पुरस्कृत गरिनेछ ।

प्रतियोगितालाई शान्तिपुर्ण तथा प्रभावकारी बनाउन तयारीलाई तिब्रता दिएको क्लब अध्यक्ष सु।दिलबहादुर पुनले बताउनुभयो । यसअघि कोरोनाका कारण दुई बर्ष प्रतियोगिता हुन सकेको थिएन ।

Leave a Reply