नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा जारी गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा म्याग्दीको महिला भलिबल टिम फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको सेमिफाइनलमा तनहुँलाई सोझो सेटमा पराजित गदैं फाइलनमा यात्रा तय गरेको हो ।

शनिबार संचालन हुने कास्की र पर्वत विचको सेमिफाइनलमा विजेता हुने टिम संग म्याग्दी फाईनलमा भिड्ने छ । म्याग्दीले कास्की, नवलपुर र मुस्ताङलाई सोझो सेटमा पराजित गरेको थियो । राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको टोलीमा पवित्रा विसी सहितमा क्षेत्रीयस्तरको खेल खेलका अनुभवी खेलाडी समेत छन्।

राष्ट्रिय टिम क्याप्टेन भएपनि शाहीले म्याग्दी जिल्लालाई आवश्यक परेको बेलामा अन्य प्रतियोगिता र अवसर छोडेर भएपनि टिमको नेतृत्व गर्ने गरेकी छन् । अरुणको नेतृत्वमा म्याग्दीले तत्कालिन पश्चिमाञ्चलस्तरीय प्रतियोगिता सातौ र आठौ राष्ट्रिय प्रतियोगिताको छनौटमा म्याग्दी र प्रतियोगितामै गण्डकी प्रदेशलाई उपाधी समेत जिताएकाले यसपटक पनि म्याग्दीले गण्डकीमा र गण्डकीले राष्ट्रिय प्रतियोगिता जित्ने म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तथा मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।

यता म्याग्दीकै लोकप्रिय एवम् राष्ट्रिय खेलाडी सुजन चोखालको कप्तानीमा रहेको पुरुष भलिबल  क्वाटर फाइनल प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा गोर्खा जिल्लालाई पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको हो । शनिबार कास्की संग क्वाटर फाईनलको खेल संचालन हुनेछ ।

म्याग्दी जिल्लाको पुरुष तथा महिला भलिबलको मुख्य प्रशिक्षक बानियाँ सहित प्रशिक्षक कुमार किसान र मलिन रोका रहेका छन् । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट भइरहेको छ ।

Leave a Reply