---Advertisement---

कबड्डीमा म्याग्दीको महिलाले रजत, पुरुषले काँस्य जित्यो

On: September 2, 2022 10:39 PM
Follow Us:

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा जारी गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा म्याग्दीको महिला समुहले रजत र पुरुषले काँस्य पदक जितेको छ ।

पोखरामा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको दुबै समुह कास्कीसँग पराजित भएको म्याग्दी कबड्डी संघका अध्यक्ष एवम् प्रशिक्षक राजकुमार परियारले बताए ।‘हामी पदक विहिन भएनौ,‘मेहनत अनुसारको नतिजा नआएपनि अब मेहनत गछौं’ अध्यक्ष परियारले भने ।

प्रतियोगितामा म्याग्दीको महिलातर्फ स्वर्ण पदकको आश गरिएको थियो भने पुरुष टोली समेत शसक्त थियो । म्याग्दीको महिला कबड्डी टोलीमा अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ्गकी युनिसा तिलिजाले १६ महिनाको बच्चालाई लिएर प्रतियोगितामा पुगेकी थिईन् ।

यूनिसा सहितका खेलाडीको खेल निकै लोभलाग्दो भएको कबड्डी संघ म्याग्दीले जनाएको छ । यूनिसा यसअगाडी आठौं राष्ट्रिय खेलमा गण्डकी प्रदेशबाट सहभागीभ भएकी थिईन् । म्याग्दीमा कबड्डीका खेलाडीहरुको खेलमा सुधार आएसँगै प्रदेशस्तरीय प्रतियोगितामा समेत म्याग्दी बलियो दावेदार बनेको छ ।