नेकपा एकिकृत समाजवादी म्याग्दीले प्रदेश तथा संघमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको कार्यालय बेनीमा बसेको बैठकले संघमा प्रत्यक्षतर्फ गोविन्द सुबेदी र याम श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको छ। सुबेदी पार्टीका जिल्ला सह–ईन्जाच तथा केन्द्रिय सदस्य र श्रेष्ठ केन्द्रिय लेखा आयोगका केन्द्रिय सदस्य हुन् ।

समाजवादीले प्रदेश ‘क’ मा जिल्ला संयोजक कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ ।त्यस्तै प्रदेश ख मा सचिवालय सदस्य अनुप गौचन र जयन्द्र केसी रहेको जिल्ला अध्यक्ष विश्वकर्माले बताए ।

समानुपातिकतर्फ संघमा म्याग्दी काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष बद्री पुन (दिलु बुदुजा), गण्डकी प्रदेश कमिटी सदस्य देउप्रसाद छन्त्याल, पार्टी सल्लाहकार प्रा.डा होमबहादुर बरुवाल छन्।

त्यस्तै प्रदेश ख तर्फको समानुपातिकमा प्रदेश कमिटी सदस्य रुद्ध किसान, बमबहादुर पाईजा, जिल्ला कमिटी सदस्य कल्पना सापकोटा सिफारिस गरेको छ। समाजवादीले गठबन्धनबाट प्रदेश क र ख मध्ये एउटा वा खाली नहुने गरी पहल गर्न समेत सिफारिससँगै अनुरोध गरेको छ । पार्टीले म्याग्दीको कम्यूनिष्ट आन्दोलनमा योगदान पुर्याएकाका नेताहरुलाई संघीय निर्वाचनमा सिफारिस गरिएको जनाएको छ।

 

Leave a Reply